काठमाडौँ । एनसेलले आफ्ना ग्राहकहरूलाई सम्पर्कमा रहन र सुलभ शुल्कमा अनलाइन सुविधाका साथै विशाल पुरस्कार जित्ने अवसर प्रदान गर्न ‘सधैं अन करोडपति’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत एक जना भाग्यशाली ग्राहकले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने मौका पाउनेछन्।
हरेक हप्ता १० लाख, सबैलाई उपहार
यो योजना करोडपति बन्ने मौकामा मात्र सीमित छैन। १२ हप्तासम्म चल्ने यस योजनामा हरेक हप्ता १० जना भाग्यशाली ग्राहकले जनही १ लाख रुपैयाँ नगद पुरस्कार जित्न सक्नेछन्।
यति मात्र होइन, यस योजनामा सहभागी हुने प्रत्येक ग्राहकले डेटा, भ्वाइस वा डिजिटल सेवालगायत विभिन्न बोनस प्राप्त गर्नेछन्, जसले गर्दा यो योजनामा कोही पनि रित्तो हात फर्किनु पर्ने छैन।
योजनामा कसरी सहभागी हुने ?
‘सधैं अन करोडपति’ योजना आज आइतबार (असार १) देखि लागू भई १२ हप्तासम्म सञ्चालन हुनेछ। यसमा सहभागी हुन ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ वा सोभन्दा माथिको कुनै पनि एनसेल सेवा खरिद गर्नुपर्नेछ।
यसमा नयाँ सिम, डेटा प्याक, भ्वाइस प्याक, एसएमएस प्याक, रोमिङ प्याक वा कम्बो प्याक समावेश छन्। योजनाको साप्ताहिक चक्र आइतबारदेखि शनिबारसम्म चल्नेछ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ ले यस मनसुनमा एक दशकभन्दा लामो समयपछि यति ठूलो योजना सञ्चालनमा ल्याएकोमा उत्साह व्यक्त गरे। “सबैलाई सधैं सहज र सुलभ सेवामार्फत जोडी राख्ने हाम्रो प्रतिबद्धता बमोजिम, हामी यो ‘सधैं अन’ पहल अन्तर्गतको योजना सञ्चालन गर्न पाउँदा धेरै उत्साहित छौं,” उनले भने, “१ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनसको व्यवस्था रहेकोले यो योजना विशेष बनेको छ।”
टिकट कसरी प्राप्त गर्ने र जित्ने सम्भावना कसरी बढाउने?
सेवा खरिद: ग्राहकहरूले *१२३# डायल गरी, नजिकको आधिकारिक खुद्रा विक्रेता वा एनसेल सेन्टरमा गई, एनसेल एप, एनसेल वेबसाइटमार्फत वा नेपालमा दर्ता भएका कुनै पनि डिजिटल वालेट वा बैंक प्लेटफर्ममार्फत एनसेल सेवा लिन सक्छन्।
टिकट प्राप्ति: हरेक ९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ग्राहकले योजनाको १ वटा टिकट प्राप्त गर्नेछन्। उदाहरणका लागि, ४९९ रुपैयाँ बराबरको सेवा खरिद गर्दा ५ वटा टिकट प्राप्त हुनेछ। यसको अर्थ, प्याकको मूल्य जति बढी भयो, जित्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ।
दोब्बर मौका: रिन्यूअल वा रोमिङ सेवा खरिद गर्दा ग्राहकले नगद पुरस्कार जित्ने दोब्बर मौका पाउनेछन्। यदि ९९ रुपैयाँको सेवा रिन्यूअल वा रोमिङ हो भने, सामान्य १ टिकटको सट्टा २ वटा टिकट प्राप्त हुनेछ।
टिकट हेर्ने तरिका: सेवा खरिद गरेपछि ग्राहकलाई एसएमएसमार्फत टिकट हेर्न सकिने लिङ्क पठाइनेछ। साथै, एनसेल एपमार्फत, *९९९९# डायल गरेर वा ९९९९ मा एसएमएस पठाएर (चालु हप्ताका लागि १ र सम्पूर्ण योजना अवधिका लागि २ टाइप गरी) पनि आफूले पाएका टिकटहरू हेर्न सकिन्छ।
योग्यता र पुरस्कार घोषणा
नेपाली बैंकमा खाता र प्यान नम्बर भएका सबै प्रिपेड, पोस्टपेड र वायर-फ्री ग्राहकहरू यस योजनामा सहभागी हुन योग्य छन्। पोस्टपेड प्रयोगकर्ताहरू मासिक रूपमा सक्रिय रहेर वा नयाँ पोस्टपेड सिम खरिद गरेर सहभागी हुन सक्नेछन्। हरेक रिन्यूअलमा टिकटहरू स्वचालित रूपमा जारी हुन्छन्।
यस योजना अवधिभर प्रत्येक आइतबार साँझ ६:३० देखि ७:०० बजेको समयमा एनसेल युट्युब च्यानल, एनसेल एप र कान्तिपुर टिभीमार्फत नगद पुरस्कार विजेताहरू घोषणा गरिनेछन्। नगद पुरस्कार हस्तान्तरणका लागि एनसेलले विजेताहरूलाई सीधै सम्पर्क गर्नेछ।
थप जानकारीका लागि ग्राहकहरूले ९९९९ डायल गर्न सक्छन्, नजिकको एनसेल सेन्टरमा जान सक्छन्, एनसेलको वेबसाइट https://www.ncell.com.np/en/individual/sadhain-on-crorepati मा गई वा एनसेल एप डाउनलोड/लगइन गरी जानकारी लिन सक्नेछन्।