0
Shares
काठमाडौं । सर्लाहीको हरिवनमा मनकामना सहकारी संस्थामा आगलागी भएको छ । हरिवन नगरपालिका ११ हरिवन बजारमा रहेको सहकारीमा आइतबार बिहान आगलागी भएको हो ।
हरिवन नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । संस्थाको कार्यालयभित्रबाट धुँवाको मुस्लो देखेपछि स्थानीयले प्रहरीललाई खबर गरेका थिए ।
अहिले ठूलो संख्यामा स्थानीय र प्रहरी आगो निभाउन घटना स्थलमा पुगेका छन् ।