0
Shares
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा निलम्बित अध्यागमन विभागका तत्कालिन सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा पुगेका छन् ।
पाँचौ पटकको बयानका लागि सहसचिव भट्टराईलाई आज बिहान १० बजे बयानका लागि बोलाइएको थियो । भिजिट भिसामा सेटिङ गरेको उजुरीका आधारमा जेठ ७ गते अख्तियारको टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।
भट्टराईको त्यसको अघिल्लो दिन जेठ ६ गते गृह मन्त्रालयमा सुटुक्क सरुवा भएका थिए । तर, उनले रमना नबुझेकाले कार्यालयमा अख्तियारले छापा मार्दा नियन्त्रणमा परेका हुन् ।