नेपालले भारतीय टोली गुजरातसँग भिड्दै, कसले जित्ला उपाधि ?

0 Shares

काठमाडौं । भारतमा जारी ‘एसएमएस फ्रेन्डसिप कप’को उपाधिका लागि आज नेपाल र गुजरात क्रिकेट एसोसियसनबीच खेल हुँदै छ । यसअघि लिग चरणका चारमध्ये तीन खेल जितेको नेपाल विजेताको रूपमा फाइनलमा पुगेको हो ।

गुजरात लिग चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो । त्रिकोणात्मक शृङ्खलामा नेपाल र गुजरातसँगै बरोडा क्रिकेट एसोसियसनले प्रतिस्पर्धा गरेका थियो । बरोडा लिग चरणको अन्तिम खेलअगावै उपाधि होडबाट बाहिरिइसकेको छ ।

नेपालले ओमानमा आयोजना हुने एसीसी प्रिमियर कप र त्यसपछि अमेरिका र वेस्ट इन्डियमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी २० विश्वकपको तयारीका क्रममा भारतीय क्लबसँग शृङ्खला खेलेको हो ।

एसीसी प्रिमियर कपको दोस्रो संस्करण अप्रिल १२ देखि २१ तारिखसम्म आयोजना हुँदै छ । एसीसी प्रिमियर कपमा सहभागी हुन नेपाली टोली भारतबाटै ओमान प्रस्थान गर्ने छ । नेपाल एसीसी प्रिमियर कपको साविक विजेतासमेत हो ।

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, बिवेक यादब, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकश चन्द छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई रहेका छन् ।

सम्बन्धित समाचार