काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टिमकी सबैभन्दा कम उमेरकी मालिक हुन्, सनराइजर्स हैदराबादकी काव्या मारन ।
जारी आईपीएलमा उनी क्रिकेट प्रेमीका लागि सामाजिक सञ्जालकी नयाँ ‘क्रस’ बनेकी छन् । अर्थात यसअघि डलर अर्बपति मुकेश अम्बानीकी श्रीमती निता र प्रिटी जिन्टाको स्थान ओगट्न सफल भएकी छन् ।
खेलाडीको अक्सनदेखि नै सञ्चार माध्यममा छाएकी उनी रणनीति बनाउन र ठीक समयमा उचित निर्णय लिएर टोलीलाई विजयी गराउत तत्पर देखिन्छिन् ।
यिनै काव्या आफ्नै टोलीका कप्तान प्याट कमिन्ससँग प्रेममा परेको समाचार सार्वजनिक हुन थालेको छ । प्याट कमिन्सले पनि यो सिजनमा आफ्नो प्रदर्शनले काव्याको मन जित्दै आएका छन् ।
काव्याले कमिन्सका लागि एकै यो सिजनमा मात्रै २० करोड भारु खर्च गरेकी थिइन् । उनले कमिन्सका लागि गरेको खर्चले नयाँ रेकर्ड बनाएको थियो । पछि मानिसहरूले उनको मजाक उडाए ।
तर, कमिन्सले काव्याको निर्णय सही साबित गरिरहेका छन् । चेन्नईविरुद्धको खेलमा काव्याले कप्तानलाई धेरै सपोर्ट गरिरहेकी थिइन् ।
प्याट अष्ट्रेलियन टोलीका कप्तान हुन् । उनकै कप्तानीमा भर्खरै मात्रै अष्ट्रेलियाले एक दिवसीय विश्वकपको उपाधि उचालेको थियो । उनको टोलीले भारतलाई पराजित गरेको हो ।