0
Shares
काठमाडौं । इलाम २ मा हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले उम्मेदवारी दिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खड्काले उम्मेदवारी दर्ता गराएका हुन् । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता कार्य जारी छ ।
एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का श्यामबहादुर दर्जीलगायत उम्मेदवार उम्मेदवारी दिइसकेका छन् ।
कांग्रेस उम्मेदवार खड्का गत निर्वाचनमा एमालेका सुवास नेम्बाङसँग झिनो मतले पराजित भएका थिए । सुवासका कान्छा छोरा सुहाङसँग उनको कडा प्रतिस्पर्धा हुने देखिएको छ ।