0
Shares
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरको अमलेखगञ्ज चोकमा ड्युटीमा रहेका ट्राफिक प्रहरी जवान बसको ठक्करबाट निधन भएको छ ।
काठमाडौंबाट काँकरभिट्टा जाँदै गरेको बागमती प्रदेश ०१-०० ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अमलेखगञ्ज चोकमा शुक्रबार राति सवा ११ बजे ड्युटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवानले जाँचका लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो । प्रहरी जवानलाई ठक्कर दिएको बसलाई नियन्त्रणमा लिएको छ ।