इलाम २ मा नाम नसुनेका चार दलबाट उम्मेदवारी दर्ता

0 Shares

काठमाडौं । अगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि इलाम २ बाट चार साना दलबाट उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन आधिकृतको कार्यालयका अनुसार अहिलेसम्म चार जनाले उम्मेदवारी परेको हो ।

उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, स्वतन्त्रबाट डाकप्रसाद गौतम, मंगोल नेश्नल अर्गनाइजेसनका उम्मेदवार र जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले मनोनयन दर्ता गराएका हुन् ।

अन्य ठूला दलका तर्फबाट उम्मेदवारी दर्ताका लागि उम्मेदवारहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने क्रम जारी छ ।

सम्बन्धित समाचार