सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६०० रूपैयाँले गिरावट आएको हो।

सोमबार तोलामा एक लाख ९० हजार ६०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार गिरावट भएसँगै एक लाख ९० हजार कायम भएको हो ।

यस्तै, चाँदीको मूल्य बढेको छ । सोमबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा २ हजार १६५ रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार