आज मिति २०८२ जेष्ठ २६ गते सोमबार । सन् २०२५ जुन ९ तारिख । नेपाल सम्बत ११४५ तछलाथ्व, जेष्ठ शुक्ल त्रयोदशी तिथि । आज बिहान ५ बजेर ७ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५८ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
प्रतिकुल प्रभाव देखिनसक्ने समय भएकोले आजको दिन अनावश्यक रुपमा कसैसँग विवाद वा झैझगडा हुन सक्छ, सावधान रही ब्यवहार गर्नुहोला । यात्रामा पनि विशेष सजगता अपनाउनु हितकर हुनेछ । लेनदेनको समस्याले सताउन सक्छ । शत्रुपक्ष हाबी हुनसक्ने देखिन्छ ।
बृष
मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने दिन छ । मित्रजनले प्रशंसा गर्नेछन् । पछिल्तिर कुरा काट्नेहरूले पनि प्रशंसा गर्न बाध्य हुनुपर्ने समय छ । पढाइलेखाइमा सुधार आउला । तथापि, लेनदेन तथा आर्थिक क्रियाकलापमा भने समस्या देखिन सक्छ । गलत लेनदेन कार्यमा संलग्न नहुनु उचित रहने छ ।
मिथुन
लामो समयदेखि रोकिएका कामहरू बन्नसक्ने दिन छ । धन आर्जनको अवसर जुर्ला । आकस्मिक निम्तोमा सहभागी हुन पाइने छ । त्यसै त्यसै मन हर्षित भएर आउने देखिन्छ । सकारात्मक परिणामका लागि ब्यस्तता वृद्धि हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट
व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ । रुचिका विषयमा लगानी बढाउन सकिने छ । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउला । आयआर्जनको स्रोत फेला पर्ला । कर्मबल वृद्धि भइ रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहनेछ ।
सिंह
समय खासै खराब नभएपनि आज शत्रुपक्षले सताउने प्रयास गर्लान्, सजगता अपनाउनु उचित हुनेछ । सवारी साधनको उपयोग तथा हातहतियारको प्रयोग गर्दा आजको दिन विशेष सचेत रहनुहोला । मौसमी स्वास्थ्य समस्या देखिन सक्छ, सावधानीको दरकार छ ।
कन्या
भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने वित्तादी लाभ हुने देखिन्छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस होला । दाम्पत्य एवम् प्रेमसम्बन्ध बलियो रहने छ ।
तुला
सामाजिक प्रतिष्ठा बढ्ने र अरुको विश्वास सहजै जित्न सकिने समय छ । धन–मान वृद्धि होला । व्यापारबाट राम्रो आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो तथा सुखद समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् भने तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।
वृश्चिक
शुभता बढेर रोकिएको काम बन्ने समय छ । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय, सुखद र अनुकूल यात्राको सम्भावना छ । यात्रामा विशेष लाभ हुने देखिन्छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । आय वृद्धि होला ।
धनु
केही चुनौतीयुक्त रहला । हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नसक्छ । आज आर्थिक संकट पनि आइपर्ने सम्भावना छ । लेनदेनमा पनि विवाद होला, सजग रहनुहोला । पढाइलेखाइमा ध्यान नगए पनि खेलकुद र यात्रामा मन आकर्षित रहने देखिन्छ ।
मकर
अरुको काममा ज्यादा समय र श्रम लगाउनुपर्ने दिन छ । नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने देखिन्छ । नोकरी र राजनीतिक क्षेत्रमा भने बर्चश्व बढ्ने योग छ । शत्रुपक्ष परास्त हुनेछ ।
कुम्भ
सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । सोच्ने शक्ति बढ्नेछ भने कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन् । प्रेमको बन्धनमा बाँधिने दिन छ, दाम्पत्य सम्बन्ध सुखद रहनेछ । लेनदेनका काम पनि होला ।
मीन
भाग्य प्रवल रहने समय छ । परिश्रमले धेरै काम बन्नुका साथै ब्यापारमा विशेष लाभ मिल्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । साझेदारीको काम बन्नेछ । मनोरञ्जनमा भुलिएला । साथीभाइले पनि राम्रै सहयोग गर्लान् तर आफन्तको सहयोग भने कमै मिल्नेछ ।