0
Shares
काठमाडौं । आईसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली टोली आज स्कटल्यान्डसँग भिड्दै छ ।
स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । सिरिजमा लगातार दुई जित निकाल्दै अपराजित रहेको नेपाल तेस्रो जितको खोजीमा छ ।
पहिलो खेलमा घरेलु टोलीमाथि १ विकेटको जित निकालेको नेपाल लगातार तेस्रो जित निकाल्ने योजनामा छ । सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ बल बाँकी रहँदा १ विकेटले हराएको थियो ।
सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । लिग २ त्रिकोणात्मक सिरिजको १४ खेलमध्ये चार खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकसहित तालिकाको सातौँ स्थानमा छ ।