आज मिति २०८२ जेष्ठ २५ गते आइतबार । सन् २०२५ जुन ७ तारिख । नेपाल सम्बत ११४५ तछलाथ्व द्वादशी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल द्वादशी तिथि । आज बिहान ५ बजेर ७ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५८ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आजको दिन अलिक सजग तथा संयमताका साथ व्यवहार गर्नु उचित हुनेछ । बेकारको विवादमा फँस्न सकिने सम्भावना रहेकोले बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्ने सम्भावना छ । अनावश्यक डर जागृत हुनुका साथै वादविवादको योग हुनाले होस राखेर व्यवहार गर्नुहोला ।
बृष
सामाजिक कामबाट प्रशंसा प्राप्त हुने तथा मन हर्षित रहने समय छ । बोली र ब्यक्तित्वको प्रभाव वृद्धि होला । अरुबाट प्रशंसा मिल्नेछ । व्यापारमा गरेको लगानि सन्तोषप्रद रहनेछ । दिद बहिनी वा कुटुम्बका काममा सघाउनु पर्ने देखिन्छ । कुनै विशेष कार्यमा मन दुविधाग्रस्त रहन सक्छ ।
मिथुन
ब्यस्तता वृद्धि भए पनि सुखद ढंगले समय बित्ने देखिन्छ । कृषि एवम् ब्यापारबाट लाभ मिल्नेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने योग छ । खुसीको खबर प्राप्त होला । चल अचल सम्पत्तिको कारोबार हुन सक्नेछ । रसरागप्रति आकर्षण बढ्ने तथा वैवाहिक जीवन सुखी हुने खालको दिन छ ।
कर्कट
धैर्यले काम लिने समय छ, चुनौतीका बाबजुद नसोचेको काम बन्नसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मित्रजनको सहयोग प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्ने छन् ।
सिंह
आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सतर्क रही ब्यवहार गर्नु उचित होला । व्यर्थको खर्च हुने सम्भावना रहेकोले खर्च घटाउने विशेष प्रयास गर्नुपर्नेछ । सबल स्वास्थ्यका लागि खानपानमा सावधान रहनुहोला । मित्रजनको साथ मिल्ने छ ।
कन्या
कामको थालनी गर्न सकिने दिन छ । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल रहला । मुद्दा–मामिलामा विजयी भइनेछ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ । पढाइलेखाइमा सफलता मिल्नेछ । धनलाभको योग छ । यात्रागत कार्यमा सफलता मिल्ने छ ।
तुला
निर्माण तथा व्यवहारिक क्षेत्रमा मन जानेछ भने दिन सामान्य नै रहने देखिन्छ । सोचेभन्दा बढी नै लाभ हुने समय छ । आफन्तमिलनले सुख दिनेछ । पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनको दृष्टिले राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ ।
वृश्चिक
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । शुभता बढेर रोकिएको काम बन्ने देखिन्छ । कर्मबल एवम् सामर्थ्य वृद्धि होला । कामहरु सजिलैसँग बन्नेछन् । टाढाको यात्रा हुने योग छ, यात्रा सुखद नै रहला । साथीभाइको सहयोग प्राप्त भइ सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्ने छ ।
धनु
केही चुनौतीयुक्त रहने देखिन्छ । घरेलु समस्याले सताउने छ भने मित्र बनेर धोका दिनेहरु फेलापर्न सक्छन् । साथै, अर्थको पनि हानी हुने योग छ । स्वास्थ्य अवस्था केही कमजोर रहन सक्छ । धनमाल हराउनाले मनमा पीडा थपिने सम्भावना छ, सजक रहनुहोला । अरूको भर पर्दा काममा धोका हुन सक्छ ।
मकर
सुख र दुःखको बराबरी अनुभूति गर्न पाइने समय रहेको छ । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला । काममा कठिनाइ सहनु पर्नेछ, तर नसोचेको धनलाभ हुने योग छ । आजको दिन रुपैयाँपैसाको लेनदेन नगर्नु हितकर हुनेछ । बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्न सक्छ ।
कुम्भ
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । आर्थिक पक्ष आज सन्तोषजनक रहेको छ । काम बन्नाले सुखको अनुभव होला । पठनपाठनमा मन जानेछ । घरायसी काममा विशेष मन जाने देखिन्छ । कमाइ सोचेअनुरुप नै होला । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला ।
मीन
नियमित काममा जोश र जाँगर बढ्ने समय छ । आज कुनै नयाँ कामको थालनीका लागि आजको दिन राम्रो छ । आर्थिक लाभ पनि होला । पढाइलेखाइ र व्यापारमा पाउने सफलता यथावत रहने छ । निकट साथीसंगीसँग रमाइलो भेटघाटको योग छ ।