तिर्खाएका गाउँसँगै विद्यार्थीले पाए खानेपानी, गाउँभर मनाइयो खुसीयाली

0 Shares

रामेछाप । लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका रामेछाप नगरपालिका ७ सुकाजोरको सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक विद्यालयमा नव निर्मित धारामा पानी झरेपछि खुसी छन् ।

सामाजिक क्षेत्रमा क्रियाशिल रहेको मानव मिलन नारी जागरण काठमाडौंले मुक्तिनाथ बैंकसँगको सहकार्यमा खानेपानीको लाइन निर्माणसहित धारा निर्माण गरी उक्त विद्यालयमा खानेपानीको धारा बनाएपछि गाउँँमा नै खुसियाली छाएको स्थानीय समाजसेवी सन्देश घिमरेले बताए ।

एक समारोहबीच विद्यालयलाई खानेपानीको धारा हस्तान्तरण गरिएको छ । स्थापना कालदेखि खानेपानीको अभाव ब्यहोर्दे आएको उक्त विद्यालयमा धारा पुग्दा त्यहाँका विद्यार्थी, शिक्षक र अभिभावक मात्र नभई सिंगो गाउँँमा खुसीयाली छाएको विद्यालयका प्रधानाध्यापक खिलाबहादुर कार्कीले बताए ।

एक कार्यक्रमबीच रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले खानेपानीको धारा विद्यालयलाई हस्तान्तरण गरे । कार्यक्रममा मानव मिलन नारी जागरण काठमाडौंका अध्यक्ष सुनिता सिग्देलले धारा निर्माण भएसँगै विद्यालयमा अध्ययनरत बालबालिकाले सहज रूपमा पिउने पानी उपभोग गर्न पाउने बताइन् ।

नगरको सीमित स्रोत र साधनले नपुग्ने अवस्था भएकाले मुक्तिनाथ विकास बैंकसँगको सहकार्यले खानेपानीको व्यवस्था गर्न सकिएको भएको हो ।

मानव मिलन नारी जागरणकी अध्यक्ष सुनिता सिग्देलले विभिन्न दातृ निकायसँग सहयोग मागेर यहाँ खानेपानीको व्यवस्था गर्न सकिएको बताइन् । विद्यालयलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने उनले बताए ।

यो आयोजनाबाट विद्यालय मात्र नभएर विद्यालय आसपासमा वासोवास गर्ने स्थानीयसमेत लाभान्वित भएका छन् ।

सम्बन्धित समाचार