जेष्ठ २४ गते शनिबार तपाईंको दिन कति शुभ ?

0 Shares

आज मिति २०८२ जेष्ठ २४ गते शनिबार । सन् २०२५ जुन ६ तारिख । नेपाल सम्बत ११४५ तछलाथ्व एकादशी, नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल एकादशी तिथि । आज बिहान ५ बजेर ७ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५७ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

नयाँ योजनाको सुरुवात खासै राम्रो नहोला । कार्यमा हैरानी बढ्न सक्छ, ब्यापारमा पनि घाटा सहनुपर्ने समय छ । मन दुविधाग्रस्त रहने देखिन्छ । सामाजिक काममा नाम रहने छ, तर जागिरमा भने सजक रहनु उचित होला ।

बृष

वैवाहिक जीवन सुखी हुने तथा प्रेम र मित्रताको बन्धन कसिने दिन छ । विभिन्न सहयोग र उपहार पाइएला । सुखद यात्राको सम्भावना छ । काम बन्नाले मन रमाउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने देखिन्छ ।

मिथुन

परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मित्रजनसँग भेटघाट एवम् मिष्ठान्न भोजनको अवसर आउला । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने समय छ । यात्रापरक काम बन्नेछ । आर्थिक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ । परिवारिक सुख बढ्नेछ भने सभा समारोहमा मान मिल्ने छ ।

कर्कट

आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । खर्च बढ्ने, विवाद निम्तने तथा शत्रुपक्षले सताउने योग रहेकोले सजक रहनुहोला । साथीभाइको सहयोग भने प्राप्त हुनेछ । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुनसक्छ । आज सवारी साधनको प्रयोगमा पनि विशेष ध्यान दिनु उचित हुनेछ ।

सिंह

दिन रमाइलै रहला । आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ भने प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुने देखिन्छ । समस्यामा कसैबाट साथ समर्थन पाइएला । ठुला ब्यक्तिसँग सार्थक भेटघाट हुनसक्छ । काम रोकिए पनि अप्ठ्यारोमा साथ दिने भेटिनाले आत्मविश्वास बुलन्द रहने छ ।

कन्या

पुराना कामहरु सम्पन्न हुनसक्ने दिन छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्ला । आयआर्जन हुने देखिन्छ । सुखद यात्राको सम्भावना छ । धनलाभको योग छ भने आश मारेको रकम उठ्ने प्रवल सम्भावना छ । नयाँ साथीसँग चिनजान हुने तथा रमाइलो यात्राको पनि योग रहेको छ ।

तुला

विशेष नयाँ कार्य आरम्भ गर्दै हुनुहुन्छ भने आजका लागि थाती राख्नुहोला । तर नयाँ कामको अवसर भने आउनसक्छ । धनलाभको योग छ । कृषिको कामबाट विशेष लाभ होला । लेनदेको काम आज नगरेकै बेश होला । घरमा पाहुना आगमनको सम्भावना छ । स्वास्थ्य सबल रहला ।

वृश्चिक

आजको दिन स्वास्थ्यमा गडबडीकोे सम्भावना छ, खानपानमा विशेष सजक रहनुहोला । व्यर्थको खर्चले पिरोल्न सक्छ, धननाशको योग छ । दाम्पत्य एवम् प्रेम सम्बन्धमा पनि धोका हुने देखिन्छ, ध्यान राख्नुहोला । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ ।

धनु

नियमित काममा उत्साहवर्द्धक सफलता मिलेपनि ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिनसक्ने समय छ, सचेत रहनुहोस् । मनमा केही दुविधाग्रस्त रहला । स्वास्थ्यगत अवस्था केही कमजोर रहनसक्छ, आहारविहारमा विशेष सतर्क रहनु स्वास्थ्यका लागि हितकर हुनेछ ।

मकर

जोखिम बढे पनि धन आर्जनका नयाँ बाटा खुल्नेछन् भने खर्च भन्दा कमाई नै बढी हुने समय छ । व्यवसायिक क्षेत्रको लगानी फाइदै होला । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम पर्ने देखिन्छ । परिवारजनका इच्छा पूरा गर्न सकिने छ । पढाइ लेखाइमा सफलता पाइने तथा धर्मकर्ममा रुचि बढ्ने छ ।

कुम्भ

पारिवारिक सुख मिल्ने दिन छ । कामहरु सजिलैसँग बन्नेछन् । कामको इच्छाशक्ति पनि बढ्ने समय छ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित होला । नयाँ काम गर्न जाँगर थपिने देखिन्छ भने ब्यापारमा पनि फाइदाकै योग छ ।

मीन

आजको दिन खासै उत्साहजनक नरहन सक्छ । पेशागत रुपमा समस्या देखिन सक्छ, घरपरिवारमा पनि केही मनमुटाव होला । वादविवादको सामना गर्नुपर्ने सम्भावना छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त नहोला । ब्यर्थै समयको नाश हुने देखिन्छ ।

सम्बन्धित समाचार