0
Shares
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै नबसी आइतबारसम्म स्थगित गरिएको छ । शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठक नबसी स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार अर्को बैठक आइतबार दिउँसो १ बजे बोलाइएको हो । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलहरूले संसद् चल्न दिएका छैनन् ।
बैठक चल्न नसकेपछि सभामुख घिमिरेले निरन्तर विपक्षी दलका नेतासँग छलफल गर्दै आएका छन् । यद्यपि, सहमति हुन सकेको छैन ।