भारतको लगानीमा जनकपुरमा तेल उद्योग खोल्न दिने लगानी बोर्डको निर्णय

0 Shares

काठमाडौं । जनकपुरमा भारतको लगानीमा तेल उद्योग खोल्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा बसेको लगानी बोर्डको ६४औँ बैठकले भारतको लगानीमा जनकपुरमा खाने तेल उद्योग स्थापना गर्न दिने निर्णय गरेको हो।

भारतको विनायक आयल इन्डस्ट्रिजले नेपाली व्यवसायी राइसा टिबडेवालासँगको साझेदारीमा साढे ६ अर्ब रुपैयाँ लगानीमा खाने तेल उद्योग सञ्चालन गर्न लागेको छ।

विनायक आयलको तर्फबाट नेपाली व्यवसायी टिबेडवालले लगानी बोर्डमा उद्योग स्थापनाका लागि प्रस्ताव पेस गरेका थिए। उद्योग पूर्वाधार बनाउन ६ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको थियो प्रस्तावित उद्योगमा बहुमत स्वामित्व भारतीय कम्पनी विनायक आयलको हुने भएको छ।

सम्बन्धित समाचार