0
Shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा हिनामिना प्रकरणमा तत्कालीन दुई मन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार विशेष अदालतमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित तत्कालीन दुई मन्त्रीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले तत्कालीन कानुन तथा न्यायमन्त्री संयोजक प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ।
यस्तै स्व. श्रेष्ठका छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मुख्यसचिव स्व।माधव प्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरू जीतबहादुर थापा र लिलामणि जोशी, कलानिधी पौडेललगायतलाई प्रतिवादी बनाइ आयोगले मुद्दा दायर गरेको छ।