काठमाडौं । छिमेकीको हत्या आरोपमा प्रहरीले ताप्लेजुङ फुङलिङका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
फुङलिङ नगरपालिका– ६ का ३२ वर्षीय अर्जुन गुरूङलाई प्रहरीले पक्राउ गरेको हो । सोही स्थानका २८ वर्षीय तेजेन्द्र लिम्वुलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
ताप्लेजुङ प्रहरीका अनुसार फक्ताङलुङ गाउँपालिका ३ मा रहेको नातेदारको घरमा अभियुक्त अर्जुन र उनकी पत्नी पाहुना गएका थिए ।त्यसक्रममा उनीहरूबीच भनाभन भएको थियो। बिहीबार राति नै अर्जुनका नातेदारले पति पत्नी दुवैलाई सम्झाएर छिमेकी २८ वर्षीय तेजेन्द्र लिम्बुको साथ लगाएर घर पठाएका थिए ।
घर फर्कने क्रममा बाटोमा तेजेन्द्र लिम्बुलाई गुरूङले एक्कासी धारिलो खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी भनाइ छ ।उनलाई प्रहरी टोलीले फुङ्लिङ ९ स्थित भिरकुना जंगलमा भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो।