काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । हरेक प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी प्रदेशका केही स्थानसँगै मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भागका थोरै स्थान तथा बाँकी भागको एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।