काठमाडौं । नेकपा माओवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिस्ट लिग(वाइसिएल)को नेतृत्व टुंगो लगाउन पार्टी पदाधिकारी बैठक बोलाएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहीबार विहान ८ बजे पदाधिकारी बैठक बोलाएको हो ।
वाइसिएलको नेतृत्वको बारेमा पार्टी बैठकमा छलफल हुने बताएको छ । अध्यक्ष प्रचण्डले वाइसिएल नेतृत्व सर्वसम्मबाट टुंगो लगाउन निर्देशन दिइ सकेको वाइसिएलका नेताहरुले बताएका छन् । बुधबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा वाइसिएलका अध्यक्ष सहित अरु पदाधिकारीसंग छलफल गरेका थिए । छलफलबाट कुनै टुंगो नलागेपछि पार्टी बैठक बोलाएको हो । अध्यक्षमा केहरसिंह कुँवर, पुष्प ओली, नवराज ऐर, गणेश शाही लगायतले इच्छा देखाएका छन् । ति आकांक्षिमध्ये जनयुद्धका घाइते समेत भएका ओली सबैभन्दा शसक्त दाबेदार हुन् । उपाध्यक्ष र महासचिव सहित अरु पदमा खास्सै विवाद देखिएको छैन ।
अहिले ३१५ सदस्यीय केन्द्रीय समिति रहेको वाइसिएलमा ६१ जना पदाधिकारी रहेका छन् । आगामी सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि बनिसकेको छ । आगामी सम्मेलनबाट वाइसियलको छरितो टिम बन्ने भएकाले प्रभावकारी हुने नेताहरूले दाबी गरेका छन् ।