आईसीसी यू १९ : सुवासले पाँच विकेट लिएको खेलमा बंगलादेश विजयी

0 Shares

काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले दिएको १७० रनको लक्ष्य पछ्याएको बंगलादेशले पाँच विकेटले विजयी भएको हो । नेपालका लागि सुवास भण्डारी एक्लैले पाँच विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेल सकिन एक बल बाँकी हुँदा १६९ रनमा अल आउट भएको थियो ।

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । कप्तान देव खनालले ३५ रन जोडे । सुवास भण्डारीले १८ रन बनाए ।

उता बंगलादेशका रोहनत दौलाह बोर्सनले चार विकेट लिए भने शेख परभेज जीवनले तीन विकेट लिए ।

सम्बन्धित समाचार