सुरुङ मार्गको युगमा राज्य पुगिसक्दा कर्णाली खच्चडमा भारी बोकेर जीवनयापन गर्दै

0 Shares

-मनोज कुमार न्यौपाने

नेपाल राणाकाल पञ्चायत राजा हुँदै अहिले गणतन्त्रसम्म आइपुग्दा पनि पछाडि परेको कर्णाली अझै विकासको गति लिन सकेको छैन । कर्णाली भौगोलिक हिसाबले विकट र केही अप्ठ्यारो छ । तर, राज्यको व्यवस्थाले यहाँको जनजीवन निकै कष्ट र अप्ठ्यारो भोग्नु परेको छ ।

दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार हुँदा पनि कर्णाली विकासबारे खासै कुरा उठ्दैन । कर्णालीको विकासमा राज्यको खासै चासो देखिँदैन । चासो देखिन्छ त केबल मान्छे बेच्ने र दिनको लाखौँ कमाउनेमा । आखिर यस्तो किन भइरहेको छ ?

कर्णाली प्रदेशको राजधानी सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, हुँदै रारा, मुगु, पुग्ने बाटोमा गाडी दुर्घटना भएर दैनिक जनताले ज्यान गुमाइरहेका छन् । सायद नेपालको सबैभन्दा बढी दुर्घटना हुने बाटोमा पनि पर्दछ, यो प्रदेश । अझै राज्यको नजर किन परेन कर्णालीमा ?

कर्णाली प्रदेशमा कर्णाली, सेती, भेरीले जसरी आँसु बगाइरहेका छन् । त्यही आँसुमा पुल नभएर तुइनमा हजारौँ कर्णालीवासीहरू डुबिरहेका छन् । यो कुरामा पनि राज्य मौन छ । राज्यलाई कुनै चासो छैन ।

देश सुरुङमार्गको युगमा पुगिसक्दा कर्णाली खच्चडमा भारी बोकेर जीवनयापन गरिरहेको छ । कुनै बेला सम्पन्न राज्य कर्णाली अहिले भोकमरीले जनता मर्न बाध्य छन् । यदि, राज्यले अझै कर्णालीलाई विभेदको रूपले नहेरेर विकास गर्न चाहेमा सम्भावना छ ।

यहाँको जडीबुटी, खोलानाला, झरना, मठ मन्दिर, परम्परा रितिरिवाज सांस्कृतिक सबै कुरालाई राज्यले एउटा विकासको रूपले हेरेर विकासको गतिमा लैजाने हो भने कर्णाली मात्र नभई सिङ्गो देशलाई आर्थिक उन्नतिमा ठूलो सहयोग पुर्याउने छ ।

हाम्रो राज्यले कर्णालीलाई एउटा अन्तर्राष्ट्रिय पर्यटकको हब बनाउन सक्छ। जस्तै रारा, शे फोक्सुन्डो, बढीमालिका, पचाल झरना, सिञ्जा उपत्यका, बुलबुले ताल, यस्ता हजारौँ हजार ताल तलैया मठ मन्दिरहरू छन् । तर, दुर्भाग्य सबै कुरा भरिपूर्ण हुँदा पनि जनताले अझै सास्ती भोग्नु परेको छ ।

आज विश्वको त कुरा छाडौँ आफ्नै देशको राजधानी काठमाडौंबाट पनि धेरै पछि छौँ । अझै विकास निर्माणको कुरामा राज्यले कन्जुस्याँई देखाउँदै गए कर्णालीका युवा कर्णालीका जनता राज्यविरुद्ध उठ्ने छन् । यसको विकल्प खोज्ने छन् ।

सम्बन्धित समाचार