0
Shares
काठमाडौं । दुई दिनदेखि आन्दोलन गरी सार्वजनिक यातायात बन्द गरेका व्यवसायीले आजदेखि सवारी साधन सञ्चालन गरेका छन् ।
सार्वजनिक यातायातको केन्द्रीय महासंघका महासचिव भरत नेपालले आन्दोलन फिर्ता लिएको जानकारी दिँदै सवारी साधन सञ्चालन गर्ने अनुरोध गरेका थिए ।
मंगलबार आफ्नो सामाजिक सञ्जालमा एक सूचना पोस्ट गर्दै उनले सार्वजनिक सवारी साधन सञ्चालन गर्न आग्रह गरेका थिए । ‘बन्द यातायात भोलिबाट सञ्चालन गर्न हुन सबैमा अनुरोध छ,’ उनले भने ।
सार्वजनिक सवारी साधन बन्द हुँदा नेपाल प्रहरी, साझा यातायात, सशस्त्र प्रहरीले निःशुल्क यात्रु बोक्न काठमाडौं उपत्यकामा गाडी सञ्चालन गरेका थिए ।