कान्ति लोकपथ चार दिन बन्द हुने

0 Shares

काठमाडौं। हेटौंडा–काठमाडौं आउजाउ गर्ने छोटो दूरीको कान्ति लोकपथ सडक जेठ २१ देखि चार दिनसम्मका लागि बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती खोलामा बेलीब्रिज निर्माण गर्न जेठ २१ देखि २४ सम्म कान्ति लोकपथ बन्द रहने जानकारी गराएको हो।

बन्द अवस्थामा वैकल्पिक सडक प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको सूचलनामा उल्लेख छ।

सम्बन्धित समाचार