‘करेन्ट’ लागेर हात्तीको मृत्यु

0 Shares

झापा । जिल्लाको कमल गाउँपालिका ३ रतुवामाई जंगलमा विद्युत प्रवाह चुहावट (करेन्ट) हुँदा हात्तीको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार गए राति हात्तीले विद्युत् पोलमा धक्का दिँदा पोलमा जोडिएको विद्युत् तार खस्दा हात्तीको घटनास्थलै मृत्यु भएको हो ।

उनले करेन्टबाट हात्तीको सुँड र एउटा दाँत जलेका अवस्थामा भेटिएको जानकारी दिए । डिभिजन वन कार्यालयबाट प्राविधिक टोली खटिएको वन अधिकृत पाठकले बताए ।

सम्बन्धित समाचार