जेष्ठ २० गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ जेष्ठ २० गते मंगलबार । सन् २०२५ जुन ३ तारिख । नेपाल सम्बत ११४५ तछलाथ्व अष्टमी, नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल अष्टमी तिथि । आज बिहान ५ बजेर ८ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५६ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

मेहनतले सम्मानित स्थान दिलाउने समय छ । नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित रहला । शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ । तथापि, बन्ने निश्चय भएको कुनै महत्वपूर्ण काम अचानक बिग्रन सक्ने तथा आश्वासन दिएर झुक्याउने सक्रिय हुने योग रहेकाले सजगता अपनाउनुहोला ।

बृष

विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने र अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी होला । पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । आफन्तजनको साथले पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा उठाउने योग छ । कीर्तिमानी काम सम्पादन हुनाले सुख वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट

सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । पारिवारिक सुख मिल्नुका साथै महत्वपूर्ण कार्य बन्ने देखिन्छ । अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगति होला । सहयोगीहरूले आज विशेष साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने योग छ ।

सिंह

मिश्रित फलदायी समय छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । यात्राको सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिनु हितकर होला । आय वृद्धि र धनार्जनको योग छ ।

कन्या

कर्मबल बढ्ने तथा महत्वपूर्ण कार्यमा पारिवारिक सहयोग प्राप्त हुने समय छ । स्वास्थ्य भने केही कमजोर रहन सक्छ, खानपान एवम् शारीरिक क्रियाकलापमा ध्यान दिनु उचित हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । पहिलेका कमी(कमजोरीलाई पनि सुधार गर्ने मौका मिल्ला ।

तुला

समय केही प्रतिकुल रहेको अनुभूति हुनाले कल्पना र भावनामा केन्दित भइएला । राम्रै सोचेर बोलेको बोलीको पनि विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नु उचित होला । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीजन भेटिने छन् ।

बृश्चिक

शुभ र सुखद समय छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बोली र ब्यक्तित्वको प्रभावले ठूलो अवसर दिलाउन सक्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । वित्तादि लाभ पनि प्राप्त हुने देखिन्छ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् ।

धनु

भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । नियम कानूनले साथ दिनाले भएको दायित्वलाई पूरा गर्नु हुनेछ । यात्रागत कार्य सार्थक रहला । ब्यवसायमा लाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रैलाभ मिल्ने योग छ ।

मकर

बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिने दिन छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । नियमित काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ ।

कुम्भ

कुनै पनि शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछन् । जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिने देखिन्छ । अध्ययन कार्यमा प्रगति हुनेछ भने चिताएको महत्वपूर्ण कामसमेत सम्पादन हुनेछ ।

मीन

शुभदायी दिन छ । बोली र ब्यक्तित्वको प्रभाव बढ्ला । रोकिएका कामहरू ठूलाबडाको आशीर्वाद र सहयोगले बन्न सक्छन् । प्रेम र उपहार प्राप्त हुने योग छ । नयाँ काम गर्ने अवसर प्राप्त हुन सक्छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । सामाजिक काममा रुचि बढ्ने छ ।

सम्बन्धित समाचार