बिरामी बोकेको एम्बुलेन्स ठोक्कियो स्कुल भ्यानसँग, एक जनाको मृत्यु

0 Shares

काठमाडौं । नवलपरासी पूर्वमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

सोमबार बिहान साढे ८ बजे पूर्वी नवलपरासीको देवचुली नगरपालिका-२ दुम्कौली चोकस्थित पूर्व-पश्चिम राजमार्गमा बिरामी बोकेको एम्बुलेन्स र विद्यालयको भ्यान ठोक्किएको हो।

बुटवलबाट बिरामी लिएर नारायणघाटतर्फ जाँदै गरेको ना ४ च १६४६ नम्बरको एम्बुलेन्स र दुम्कौली जाँदै गरेको दिव्य एकेडेमी बोर्डिङ स्कुलका विद्यार्थी बोकेको भ्यान आपसमा ठोक्किएको थियो।

पूर्वी नवलपरासी प्रहरीका अनुसार दुर्घटनामा स्कुल भ्यानका चालक देवचुली नगरपालिका-१ का बस्ने ५२ वर्षीय कुलप्रसाद सुवेदीको मृत्यु भएको हो।

टाउको र दुवै खुट्टामा चोट लागी उपचारका लागी उनलाई पुरानो मेडिकल कलेज भरतपुर चितवन पुर्‍याइएकोमा बिहान ९:२० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बुटवल उपमहानगरपालिका-३ गोलपार्कका ३६ वर्षीया लक्ष्मी राई, २५ वर्षीया इसु राइ, २५ वर्षीया स्नेहा परियार छन्। उनीहरू एम्बुलेन्समा बिरामी लिएर आउँदै थिए।

दुई जना विद्यार्थीहरू देवचुली गाउँपालिका-१७ कि आयुसा गौतम र सोही गाउँपालिका-४ का ६ वर्षीय सोखनिया रोक्का सामान्य उपचारपश्चात डिस्चार्ज भएका छन्।

एम्बुलेन्समा आएका बिरामीलाई अन्य एम्बुलेन्समा राखेर चितवन पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार