0
Shares
काठमाडौं । नेपाली राष्टिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पुनरावेदनमा उच्च अदालत पाटनमा पहिलो दिनको सुनवाइ सकिएको छ । उनीविरुद्धको मुद्दामा न्यायाधीशले झगडिया झिकाउन आदेश दिएका छन् ।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बलात्कारसम्बन्धी मुद्दामा पीडित गौशला २६ लाई पनि झिकाउन आदेश जारी गरेको हो । उच्च अदालतमा आज सन्दीपको मुद्दा पहिलो नम्बरमा थियो ।
पुनरावेदन मुद्दामा झगडिया झिकाइनु औपचारिक प्रक्रिया हो । यदि, तल्लो तहको अदालतले गरेका फैसलामाथि न्यायाधीशले पुनरावलोकन आवश्यक देखेको खण्डमा दुवै पक्षको आदेश गर्ने गर्छन् ।
यो भनेको मुद्दाका दुवै पक्षहरुलाई बोलाउन वा खबर गर्न भनिएको हो ।