जेष्ठ १९ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ जेष्ठ १९ गते सोमबार । सन् २०२५ जुन २ ताखिर । नेपाल सम्बत ११४५ तछलाथ्व सप्तमी, नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल सप्तमी तिथि । आज बिहान ५ बजेर ८ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५५ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

कामका बाधाहरू हट्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनाले समस्याको समाधान मिल्ने समय छ । नसोचेको ठाउँबाट धन प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन् । परिवारजनको साथले नयाँ आशा पलाउने छ ।

बृष

आजको दिन विलासितामा धन खर्च हुने र मुख्य काममा बाधा हुने देखिन्छ । सानातिना काममै अल्झनुपर्दा मन खिन्न रहला । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न मुस्किल पर्ने योग छ । स्वास्थ्य पनि केही कमजोर रहने सम्भावना छ । बौद्धिक र रचनात्मक काममा चाहिँ आंशिक सफलता मिल्ने छ ।

मिथुन

तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिने छन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नजिकका साथीभाइ टाढिनसक्छन् तर टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने योग छ । सभा समारोहमा मान पुरस्कार प्राप्त हुने सम्भावना छ । तथापि, अर्थअभावको अनुभूति हुनसक्छ, ध्यान राख्नु होला ।

कर्कट

दिगो आम्दानी हुने काम सुरु हुने र प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउने दिन छ । लाभ हुने काम प्रारम्भ गर्न सकिएला । साझेदारीमा राम्रो फाइदा हुनेछ । आय आर्जनका स्रोत बढ्ने छन् । आमाको माध्यमबाट काम बनाउन सकिने योग छ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । तथापि, काम र पदको आशा देखाउनेले फसाउन सक्छन्, सजग रहनुहोला ।

सिंह

सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावनाका बाबजुद कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने देखिन्छ । स्वास्थ्यमा भने केही समस्या देखिन सक्छ, सजगता अपनाउनु होला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ ।

कन्या

आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । आश्वासन बाँड्नेले झुक्याउन सक्छन् । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।

तुला

दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुटेपनि पहिलेका सहयोगीले धोका दिन सक्छन्, सावधान रहनुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउने छ ।

वृश्चिक

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखदुःखमा साथ दिने प्रशस्तै फेला पर्ने छन् । नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन पनि राम्रै हुने योग छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ । सुख वृद्धि होला । मिठो भोजन प्राप्त गर्नु हुनेछ ।

धनु

हिम्मतले काम बनाउन सकिने समय छ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तथापि वित्तादि लाभ हुने देखिन्छ । कृषि चौपायामा केही समस्या देखिए पनि राम्रै धन आर्जन गर्ने योग छ । बिना प्रतिस्पर्धा फाइदा हुने देखिन्छ ।

मकर

दिन केही चुनौतीयुक्त छ । कुनै अवसर प्राप्त भए पनि कुरा इर्ष्यालुजनको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न कठिनाइ पर्ला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ ।

कुम्भ

मिश्रित फलदायी समय छ । आफ्नै कमजोरीले महत्वपूर्ण कार्यमा ढिलासुस्ती हुने देखिन्छ । तथापि, आम्दानी वृद्धिको योग छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना पनि छ । काम बिग्रने डरले सताइरहला । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ, बोली र व्यवहारमा सजग रहनुहोला ।

मीन

मेहनतले अध्ययनमा प्रगति हुनेछ । सामान्यतया दिन राम्रै रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइने योग छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ भने सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

सम्बन्धित समाचार