0
Shares
मोरङ । मोरङको बेलबारी नगरपालिका २ लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा सुन्दरहरैचा ११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी २ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् ।
उनीहरू साथी भेट्न जाने भन्दै जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बेपत्ता बालिकाको खोजी जारी रहेको जानकारी दिए ।