0
Shares
काठमाडौं । इँट्टा भट्टामा जिउँदै मान्छेलाई जलाएर जेल सजाय मुक्त भएसँगै नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएको छ ।
आलामलाई अन्नपूर्ण न्युरो अस्पतालको आइसीयुमा भर्ना गरिएको छ । उनले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट बुधबार मात्रै सफाइ पाएका थिए ।
शुक्रबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई न्युरो अस्पताल लगिएको थियो । उनको आईसीइमा उपचार भइरहेको अन्नपूर्ण न्युरो अस्पतालले जनाएको छ ।
उच्च अदालतबाट सफाइ पाउनुअघि जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको व्यक्ति हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।