आइसिसी यु-१९ विश्वकप : नेपालले दियो बंगलादेशलाई १७० रनको लक्ष्य

0 Shares

काठमाडौं । आइसिसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्समा नेपालले बंगलादेशसामु जितका लागि १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकामा नेपालले आज टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालका लागि विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाए । उनी अर्धशतक बनाउनबाट मात्र दुई रनले चुके । केसीले सय बल खेल्दै ६ चौका प्रहार गरे ।

यस्तै, कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाए ।

बलिङतर्फ बंगलादेशका लागि रोहानत दोउल्लाह बोर्सनले चार, शेख प्रवेज जिवनले तीन तथा इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले एक एक विकेट लिए ।

सम्बन्धित समाचार