जेष्ठ १६ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ जेष्ठ १६ गते शुक्रबार । सन् २०२५ मे ३० तारिख । नेपाल सम्बत ११४५ तछलाथ्व तृतिया, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल चतुर्थी तिथि । आज बिहान ५ बजेर ८ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ५४ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

आजको दिन अनावश्यक ठाउमा पैसा खर्च हुने देखिन्छ, सोचविचार गरेरमात्र कारोबार गर्नु उचित होला । बन्दव्यापारमा पनि घाटा हुने देखिन्छ । स्वास्थ्य केही कमजोर रहला, खानपानमा विशेष सजगता अपनाउनु हितकर हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष

टाढिएका सहयोगीहरूको पनि साथ मिल्ने समय छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् भने धनजनमा वृद्धि हुनेछ । मित्रजनको समर्थन पाइएला । तथापि, आज पढाइलेखाइमा भने खासै मन नजाने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्ने योग छ ।

मिथुन

आर्थिक क्षेत्र सबल तथा फलदायी हुने दिन छ, नसोचेको ठाउँबाट धनार्जन होला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । भएको ब्यापार(व्यवसायमा उन्नतिका साथै नयाँ व्यवसाय पनि शुरु गर्न सकिएला । अचानक उपहार मिल्ने योग छ ।

कर्कट

समय शुभदायी छ । रमाइलो यात्रा हुने र यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्ने अवसर मिल्ला । कमाइधमाइमा बढोत्तरी होला । पढाइलेखाइमा सफलता यथावत रहनेछ भने विशिष्टजनबाट बुद्धिको तारिफ हुनेछ । मित्रजन सहयोगी रहलान् । मनोकूलता बढेर रोकिएको काम बन्नेछ ।

सिंह

दिन केही चुनौतीयुक्त रहने देखिन्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । खर्च वृद्धिका साथै विवाद बढ्ने, काममा अवरोध आउने र मनमा चिन्ता जागृत हुने सम्भावना छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ, रुपैयाँपैसाको लेनदेनले हानी निम्त्याउला । स्वास्थ्यगत समस्याले केही दुःख दिन सक्छ ।

कन्या

ब्यस्तता बढे पनि आजको दिन हौसला वृद्धिका साथै पराक्रमी कर्ममा मन जाने देखिन्छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । आमाको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । मित्रजनसँगको भेटघाटले मन प्रफुल्ल रहला । आजको दिन खर्च भने केही बढ्न सक्छ, योना र बजेट बनाइ व्यवहार गर्नु हितकर होला ।

तुला

धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने समय छ । तपाईंको विशेष प्रयत्नले धन–मान कमाउने अवसर मिल्ला । व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ भने रोकिएका काम बन्नुका साथै नयाँ काम सुरु गर्न सकिने छ । शुभदायी कुराको सङ्केत प्राप्त होला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक

रमाइलो तरिकाले कामहरू गर्न पाइने दिन छ । उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनुका साथै साहस बढ्नेछ । आजको श्रमले पछि फल राम्रो मिल्नेछ । रोकिएका काम मिहिनेतले बन्नेछ । मिठो भोजन प्राप्त होला । सुख वृद्धि हुनेछ ।

धनु

नसोचेको ठाउँमा धनको नाश हुनसक्ने समय छ, होसियारी अपनाउनुहोला । वादविवाद, झैझगडाबाट बच्न विशेष सजगता अपनाउनुहोला । कामको बोझले थाकेको महसुस हुनसक्छ । घर–गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झैझगडा हुनसक्ने योग छ । संयमतालाई शक्ति तुल्याउन सकिनेछ, ध्यान राख्नुहोला ।

मकर

मनमा दुविधा रहनसक्ने समय भएपनि मानप्रतिष्ठा अभिवृद्धि हुने देखिन्छ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् भने सामाजिक काममा नाम रहने योग छ । आजको दिन जागिरमा भने विशेष होसियारी अपनाउनु हितकर हुनेछ ।

कुम्भ

नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइ–बहिनीका तर्फबाट खुसीको खबर प्राप्त होला । सन्तान पक्षबाट सुखप्राप्तिको योग छ । काम बन्नाले मन रमाउला । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ ।

मीन

धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नुपर्ने समय छ । सोच्दैनसोचेको स्थानबाट लाभ हुने देखिन्छ । उद्योग र व्यापारबाट विशेष फाइदा प्राप्त होला । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

सम्बन्धित समाचार