आगामी आर्थिक वर्षमा नेपालीको थाप्लोमा थप ६ खर्ब ऋण थपिने

0 Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८३/८३ का लागि १९ खर्ब ११ अर्ब ६४ करोडको बजेट विनियोजन गरे।

बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेट सार्वजनिक गरेका हुन्। उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, वैदेशिक अनुमानबाट ५३ अर्ब ४५ करोड बेहोरिने जनाएका छन्।

यसैगरी, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब जुटाइने हुँदा आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब उठाउने भएको छ। यसरी सरकारले आगामी आर्थिक वर्ष कूल ५ खर्ब ९५ अर्ब अर्ब ऋण उठाउने अनुमान गरेको हो।

सम्बन्धित समाचार