काठमाडौं । राष्ट्रिय सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघका अध्यक्ष खेमराज वलीले आफूहरूले उठाएको माग सम्बोधन भएको भन्दै सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सरकारले बजेट मार्फत खानेपानी जस्तो मौलिक हकको विद्युत् महसुल ५० प्रतिशत छुट दिएकोमा आभार प्रकट गरेका हुन ।
अर्थ मन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ सालको बजेट संसदमा सार्वजनिक गरेपछि खानोपनीमा छुट दिने घोषणा गरेपछि महासंघका अध्यक्ष ओलीले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेखेर धन्यवाद ज्ञापन गरेका हुन् ।
महासंघले खाने पानीमा विद्युत् महसुल दिने, ब्याजदरमा सहुलियत, खानेपानी उपभोक्ता समितिलाई स्वायत्त बनाउने एजेन्डा उठाएका थिए । उक्त एजेन्डा सम्बोधन गराउन महासंघका अध्यक्ष सहित पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थ मन्त्री पौडेल, खानेपानी मन्त्री प्रदीप यादव, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका शीर्ष नेताहरूलाई भेटेर आग्रह गरेका थिए ।
खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आएकर छुट नभएकोमा भने वलीले आपत्ति जनाए ।