काठमाडौँ । कृषि मन्त्रालयका लागि बजेट ५७ अर्ब ४८ करोड छुटाइएको छ ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । ‘कृषिमा अधुनिकीरण र अर्थतन्त्रमा रुपान्तरण’ भन्ने नाराका साथ सो रकम विनियोजना भएको हो।
अघिल्लो वर्ष मन्त्रालयले ५७ अर्ब २९ करोड रुपैयाँ छुटाइएको थियो । यो वर्षको रकम अघिल्लो वर्षभन्दा जम्मा ०.३३ प्रतिशत मात्रै बढी हो ।
कृषि क्षेत्रको भूमि बाँजो राख्न नपाइने
सरकारले कृषि क्षेत्रको भूमि बाँजो राख्न नपाइने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेले आगाी आर्थिक वर्षको बजेट पेश गर्दैै कृषि योग्य भूमि बाँजो राख्न नपाइने व्यवस्था गरेको हो ।
वन जंगलमा फलफूल लगायत वनस्पतिको वृक्षारोपण गर्ने कार्यक्रम ल्याइने
सरकारले समुदायसँगको सहकार्यमा वन जंगलमा फलफूल लगायत वनस्पतिको वृक्षारोपण गर्ने कार्यक्रम अघि सारेको छ ।
आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा समुदायसँगको सहकार्यमा फ्रुट फरेस्ट कार्यक्रम अघि सारेको अर्थमन्त्री विष्णु पौडेलले बताए । ‘सामुदायिक वन तथा राष्ट्रिय राजमार्गको दायाँबायाँको क्षेत्रमा फलफूल जडिबुटी तथा उच्च मूल्यका वनस्पतिको वृक्षारोपण तथा संरक्षण गर्न समुदायलाई प्रोत्साहन गरिनेछ,’ बजेट प्रस्तुत गर्दै उनले भने।
रासायनिक मल खरिदका लागि २८ अर्ब विनियोजन
काठमाडौँ । सरकारले रासायनिक मल खरिदका लागि २८ अर्ब छुट्याइएको छ । बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को भाषण मार्फत २८ अर्व रुपैयाँ रासायनिक मलका लागि बजेट छुट्याइएको बताएका हुन् ।
पाँच लाख परिवारलाई जग्गाधनी पुर्जा दिने
सरकारले आगामी आर्थिक वर्षभित्र ५ लाख परिवारलाई जग्गाधनी पुर्जा दिने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भुमिहिन परिवारलाई जग्गाधनी पुर्जा दिने घोषणा गरे ।