0
Shares
काठमाडौँ । भिजिट भिसा प्रकरणमा नेकपा ९माओवादी केन्द्र० सहित प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकबीच भेटवार्ता भएको छ।
बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् । भेटमा गृहमन्त्री लेखकको भिजिट भिसा प्रकरणका बिषयमा छलफल भएको बताइएको छ ।
प्रतिपक्षी सांसदहरुले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदनको चल्न नदिने चेतावनी दिएका छन्। जसका कारण मंगलबारको प्रतिनिधि सभा बैठक अवरोध भएको थियो।
प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ। उक्त बैठकअघि प्रधानमन्त्रीले कांग्रेस सभापति र गृहमन्त्रीसँग कुराकानी गरेका हुन्।