पर्सा । यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा आठ करोड २१ लाख ७० हजार १३२ राजश्व संकलन गरेको छ ।
कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रथ ढंगले राजस्व संकलन गर्दै आइरहेको जानकारी दिए । ‘कार्यालयले औषतमा मासिक ६१ लाखको हाराहारीमा राजश्व संकलन गर्दै आइरहेको छ,’ उनले भने ।
कार्यालयले चालु आवमा सबैभन्दा धेरै राजश्व सवारी साधन करतर्फ तीन करोड ८४ लाख राजश्व संकलन गरेको छ । कार्यालयले चालु आवमा सवारी चालक अनुमतिपत्र पास नयाँतर्फ एक करोड ६९ लाख राजश्व संकलन गरेको छ ।
त्यस्तै अनुमतिपत्र पास थपतर्फको शीर्षकमा २८ लाख ४२ हजार राजश्व संकलन गरेको छ । अनुमतिपत्र दर्ता नयाँ शीर्षकमा भने ८३ लाख ७६ हजार राजश्व संकलन भएको छ ।
अनुमतिपत्र दर्ता थप शीर्षकमा ३३ लाख ६२ हजार, अनुमतिपत्र नवीकरणतर्फ २७ लाख १६ हजार, सवारी विविधतर्फ आठ लाख २८ हजार राजश्व संकलन गरेको छ ।
त्यस्तै आयकरतर्फ आठ लाख ६० हजार ५२५ र पटके करतर्फ ३९ लाख ९२ हजार रकम राजश्व संकलन गरेको छ ।