0
Shares
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको उत्तर पश्चिमका केही क्षेत्र तथा दक्षिण पश्चिमका अधिकांश क्षेत्र साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलंकालगायतका भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ ।
सोमबार दिउँसो कोशी, मधेस र बागमती प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।
कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भागका थोरै स्थान र बाँकी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।