0
Shares
काठमाडौं । जाजरकोटमा माटोको ढिस्कोले पुरिँदा महिलाको मृत्यु भएको छ ।
जिल्लाको छेडागाड नगरपालिका ३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए ।
मंगलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते भएकी अधिकारीको बिहीबार बिहान मृत्यु भएको हो ।