0
Shares
काठमाडौं । बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रविन्दु भएर बिहान १ः४८ बजे भूकम्प गएको हो ।
उनका अनुसार भूकम्पको धक्का ५.१ रहेको थियो । यस्तै, २ बजे बजे ३.७ रेक्टर स्केलको भूकम्प भएको हो । लगातार दुई पटक कम्पन भएपछि स्थानीय घर बाहिर निस्केका थिए ।
भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।