0
Shares
काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राख्दै दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन बिहीबार सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतले मंगलबारदेखि निवेदनमाथि सुनुवाइ सुरु गरेको थियो । बुधबार संवैधानिक इजलास भएकाले बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ भएको थिएन ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले निवेदनमाथि सुनुवाइलाई निरन्तरता हुने भएको हो । आफ्नो पति लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै निकिता पौडेलले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् ।