सौताको हत्या गरेको आरोपमा महिला पक्राउ

0 Shares

काठमाडौं । सौताको हत्या आरोपमा डोटीमा प्रहरीले महिलालाई पक्राउ गरेको छ । स्थानीय ४२ वर्षीया दुर्गा घर्ती मगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका २ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी हुन् ।

बडीकेदार गाउँपालिका २ कोटकेलाका दलबहादुर घर्ती मगरकी जेठी श्रीमती दुर्गा टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन् ।

उनी यही चैत १२ गते दिउँसो घट्ट जान्छु भनेर घरबाट निस्किएकामा नफर्किएपछि खोजी गर्दा मृत फेला परेकी थिइन् ।

मृतककी भाइ बुहारी डम्मरी थापा मगरले चैत १४ गते मृतकी कान्छी सौता यमुना घर्ती मगरको नाममा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यमुनाले ढुंगा, हँसिया र बञ्चरो टाउँकोमा प्रहार गरी दुर्गाको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण सिं नेगीले जानकारी दिए । उनमाथि जिल्ला अदालत डोटीबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

सम्बन्धित समाचार