काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विभिन्न अध्ययन संस्थान तथा संकायमा सञ्चालित स्नातकोत्तर तहका वार्षिक एवं सेमेष्टर प्रणालीअन्तर्गतका कार्यक्रममा अध्ययन पूरा गरी परीक्षा उत्तीर्ण गरिसकेका विद्यार्थीलाई मौका दिएको छ ।
विश्वविद्यालयले शोधपत्र बुझाउन बाँकी रहेका विद्यार्थीलाई अन्तिम मौका दिने भएको हो । परीक्षा उत्तीर्णलाई २०८२ पौष महिनाभित्र र त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट २०८२ सालमा सञ्चालन हुने मौका परीक्षामा सहभागी हुने विद्यार्थीको हकमा मौका परीक्षा सम्पन्न भएको अन्तिम मितिले ३ महिनाभित्र थेसिस बुझाउनुपर्ने हुन्छ ।
विद्यार्थीका लागि अन्तिम पटक अहिले अवसर उपलब्ध गराउन स्वीकृति दिइएको हो । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको गत वैशाख २९ गते बसेको बैठकले गरेको निर्णयको आधारमा मानविकी तथा सामाजिक शास्त्र संकायका लागि यस्तो परिपत्र जारी गरिएको हो ।
