आज मिति २०८२ जेष्ठ २ गते शुक्रबार । सन् २०२५ मे १६ तारिख । नेपाल सम्बत ११४५ बछलागा चतुर्थी तिथि । आज बिहान ५ बजेर १४ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ४६ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
लाभदायक समय छ । व्यापार व्यवसायबाट अर्थिक लाभ मिल्नेछ । पारिवारिक सुख प्राप्तिले आत्मबल बढाउला । आरोग्यबल बढ्ने छ । प्रतिष्पर्धी एवम् शत्रुपक्षलाई पन्छाउने उचित समय छ, प्रयास गर्नु होला । प्रेमभाव वृद्धि तथा सन्तान पक्षबाट सुख बढ्ने छ ।
बृष
आकस्मिक रुपले सफलता वा असफलता मिल्ने खालको दिन छ । आर्थिक कारोबार बढ्ला । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने समय छ । बाहन चौपाया आदि प्राप्त हुने देखिन्छ । नयाँ सामान खरिदको योग छ ।
मिथुन
आजको दिन खास उपलब्धिमूलक नरहने देखिन्छ । अकारण डरत्रासको भाव जागृत हुनसक्छ । वादविवाद तथा झैझगडाको योग रहेकाले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । कामहरु अधुरा रहनसक्छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ ।
कर्कट
आजको दिन घर(परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउने सम्भावना छ । कामहरु अधुरै रहनाले मन खिन्न रहला । आफन्तजनबाट खासै सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ ।
सिंह
रोकिएका अधुरा कामहरु पुरा हुनुका साथै व्यवहारिक समस्याको हल हुने समय छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम रहला । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउने छ । आरोग्यबल वृद्धिका साथै रसरागको क्रियाकलापमा आकर्षण बढ्ने छ ।
कन्या
दान पुण्यका कार्यमा आकर्षण बढ्ने समय छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । आजको दिन सोच्दैनसोचेको ठाउँबाट आर्थिक लाभ हुने योग छ । कृषिजन्य व्यापारबाट पनि राम्रो फाइदा हुने देखिन्छ । साथीभाइसितको छलफलले धनलाभको बाटो पत्ता लाग्न सक्छ ।
तुला
गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्नसक्ने समय छ । आज स्वास्थ्य पनि कमजोर रहेको अनुभूति होला । नियमित कार्यमा सामान्य बाधा आउनुका साथै आर्थिक हानी हुनसक्ने योग छ । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण रहला ।
बृश्चिक
रोकिएका कामहरु बन्नथाल्नाले उत्साह वृद्धि हुने समय छ । देखापरेका समस्याको हल हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै आत्मीय मित्रसंगको भेटले मन रमाउने योग छ । बौद्धिक क्रियाकलाप वृद्धि र त्यसले लाभ दिलाउने देखिन्छ । सामर्थ्य वृद्धि र शत्रुपक्ष परास्त हुनेछ ।
धनु
धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । समस्याहरु आफै किनारा लाग्नेछन् । उद्योग, कलकारखानामा लगानी गर्दा विशेष फाइदा हुने योग छ । आजको परिश्रम खेर नजाला । अर्थलाभ र नियमित कर्ममा पनि प्रगतिको प्रशस्त सम्भावना छ । सुखद यात्रा हुनसक्छ ।
मकर
कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपरे पनि यात्रागत कार्यको लागि उचित समय छ । अनौठो र लाभदायक यात्राको योग छ । कर्मबल बढ्नेछ । ऋण, रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ
दिन केही चुनौतीयुक्त रहन सक्छ । सोचेअनुरुप काम नहुने र सापटी रकम फिर्ता नहुने योग छ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने देखिन्छ । खर्च वृद्धिले मन अशान्त तुल्याउन सक्छ । बौद्धिक तथा रचनात्मक कार्य सफल रहनेछ ।
मीन
मिश्रित फलदायी समय छ । दौडधुप बढ्ने छ । नियमित काममा भने मन नजान सक्छ । पारिवारिक सुखको योग छ, तर प्रेमसम्बन्धमा देखापरेको खटपटमा केही सुधार आए पनि मानसिक तनावकै अवस्था रहला ।