मखनटोलमा लागेको आगो निभाइयो, ७० वर्षीय महिलाको शव फेला

0 Shares

काठमाडौं । काठमाडौं महानगर २४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त वडाका दुई वटा घरमा लागेको आगो निभाइएको हो ।

काठमाडौं र ललितपुर महानगरका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको हो । घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ ।

सम्बन्धित समाचार