देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव जारी, यी प्रदेशमा चट्याङ्गसहित वर्षा हुने

0 Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी पहाडी भागमा आंशिक बदली रहेको छ ।

गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी र बागमती प्रदेशको पहाडी भागको एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थान र बाँकी पहाडी भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका थोरै स्थान र बाँकी पहाडी भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार