वैशाख ३१ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ?

0 Shares

आज मिति २०८२ वैशाख ३१ गते बुधबार । सन् २०२५ मे १४ नेपाल सम्बत ११४५ बछलागा द्वितिय तिथि । आज बिहान ५ बजेर १५ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ४५ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

नियमित काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । आफन्तले पनि काममा साथ दिनेछन् । बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त होला । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्ने योग छ ।

बृष

दिन खासै उपलब्धिमूलक नरहला । छरछिमेकसंग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काट्नेहरु सक्रिय रहनेछन् । विशिष्टजनबाट आलोचना हुन सक्छ । कसैसँग वादविवादको सम्भावना छ, बोली र व्यवहारमा सजगता अपनाउनुहोला । परिवारजनमा असमझदारी बढ्ने देखिन्छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् ।

मिथुन

नोकरी एवम् राजनीतिमा बर्चस्व बढाउन सकिने समय छ । तर, कुनै काममा झमेलाको सामना गर्नुपर्ने देखिन्छ, सजगताका साथ कार्य गर्नु बेस होला । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्ने छ ।

कर्कट

पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम प्राप्ति हुने समय छ । अध्ययन–अध्यापनमा मन जाला । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । पराक्रम वृद्धिले नयाँ काम र जिम्मेवारी हात पार्ने अवसर जुर्ला । आरोग्यता रहनेछ । मिठोे भोजन प्राप्त हुनेछ ।

सिंह

आर्थिक लाभ हुने दिन छ । प्रायः सबै कामहरू बन्ने छन् । आम्दानीको नयाँ श्रोत फेलापर्नेछ । ठूला व्यक्तिको विश्वास सजिलै लिन सकिनेछ । बौद्धिक क्षमता प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदा होला । रसरागको क्रियाकलापमा आकर्षण बढ्ने छ ।

कन्या

विगतमा गरेको गल्ती तथा कमजोरीका कारण तनाव सिर्जना हुनसक्ने देखिन्छ । वैदेशिक कार्यमा असफल भइ दुःख पाउने योग छ । भाग्यले साथ दिनेछैन । धननाश पनि होला । विवाद बढ्ने सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने सम्भावना छ ।

तुला

व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ । कृषि तथा पशुपालनमा विशेष फाइदा होला ।

बृश्चिक

समय शुभदायी छ । धन आर्जनका माध्यमहरूको थालनी हुने देखिन्छ । परिवारमा पनि सुखको माहोल बन्नेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । आय वृद्धि हुनेछ । रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त होला ।

धनु

कर्मबल बढ्नेछ । परिवारमा खुशीको माहोल छाउला । नयाँ स्थानमा यात्रा हुनसक्ने योग छ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । खेलकुद, भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ने छ ।

मकर

समय केही चुनौतीयुक्त छ । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहला, जसले गर्दा सोचेको काममा बाधा ब्यहोर्नुपर्ला । सोचेअनुरुप काम नहुँदा खिन्नता पनि बढ्न सक्छ । शत्रु परास्त गर्ने सामर्थ्य बढ्ने छ ।

कुम्भ

कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने दिन छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि होला । अरुको काम धेरै गर्नुपर्ने योग छ, तथापि जश भने कमै मिल्ला । छरछिमेकमा केही असमझदारी बढ्ने सम्भावना रहेकाले बोली र व्यवहारमा विशेष संयमता अपनाउनु हितकर होला ।

मीन

धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । बन्दव्यापारबाट लाभ मिल्नेछ । साझेदारीको काम बन्नेछ । स्वास्थ्य सबल रहला । पढाइलेखाइमा विशेष सफलता मिल्ने देखिन्छ । नयाँ काममा ध्यान दिए भविष्यका लागिसमेत लाभ मिल्नेछ । दाम्पत्य सुख बढ्ने छ ।

सम्बन्धित समाचार