गृह मन्त्रालयले ९ जना उपसचिवहरूको गरे सरुवा

0 Shares

काठमाडौं । गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालय अन्तरगत काम गरिरहेका ९ जना उपसचिवको सरुवा तथा पदस्थापन भएको हो ।

विमानस्थल अध्यागमन कार्यालयमा ३ जना र अध्यागमन विभागमा नयाँ एक जना नयाँ उपसचिव खटाइएको छ । नयाँ मन्त्रीहरु आएसँगै उपसचिवहरुको सरुवा हुने क्रम बढेको छ भने सहसचिवहरुको अन्तर मन्त्रालय सरुवाका लागि तयारी सुरु भएको छ ।

६ चैतमा गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा कोषहरि निरौलालाई पठाउँदै ११ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरू फेरेको थियो ।

सम्बन्धित समाचार