वैशाख २८ गते तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

0 Shares

आज मिति २०८२ वैशाख २८ गते आइतबार । सन् २०२५ मे ११ तारिख । नेपाल सम्बत ११४५ बछलाथ्व चतुर्दशी तिथि । आज बिहान ५ बजेर १७ मिनेटमा झुल्किएको घाम साँझ ६ बजेर ४३ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

दिन केही चुनौतीयुक्त रहला । अनावश्यक विषयमा विवादमा फस्नुपर्ने हुनसक्छ, सजग रही व्यवहार गर्नुहोला । बोली र व्यवहारमा धैर्य राख्नुहोला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला ।

बृष

सामाजिक कामबाट प्रशंसा प्राप्त हुनुका साथै मन हर्षित हुने समयछ । अरुबाट प्रशंसा पाउनुहोला । व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ । कुटुम्बका काममा सघाउनुपर्ने देखिन्छ । प्रेमभाव बढ्नेछ भने आँट वृद्धि होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने समय छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । व्यापार व्यवसायमा पनि नाफा होला । खुसीको खबर प्राप्त हुने योग छ । चल–अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी रहला । धन मान महत्व बढ्ने छन् ।

कर्कट

चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने समय छ । मित्रजनको सहयोग पनि प्राप्त होला । अल्झेका कामहरु अरुको सहयोगमा बन्नेछन् । अप्रत्याशित लाभ हुने देखिन्छ । सुखद यात्राको पनि योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

सिंह

मिश्रित फलदायी दिन छ । स्वास्थ्य केही कमजोर रहनसक्छ, खानपानमा विशेष सजग रहनुहोला । धनको पनि नाश हुन योग छ । व्यर्थको खर्च हुनसक्छ, खर्च घटाउने प्रयास गर्नुहोला । पीडा दिनेहरु सक्रिय रहलान् । रसरागका क्रियाकलापमा आकर्षण बढ्ने छ ।

कन्या

नयाँ कामको थालनी हुनसक्ने र आयआर्जनमा राम्रो दिन छ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ होला । रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्ने छ । मुद्दा मामिलामा विजयी भइने योग छ । दिन खुशीसाथ बित्ने छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नु हुनेछ । साथीभाइको सहयोग रहने छ ।

तुला

दिन सामन्य नै रहला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । आफन्तमिलनले सुख दिनेछ भने आर्थिक क्रियाकलापमा सोचेभन्दा बढी नै लाभ हुने योग छ । पाहुनाको आगमनले मन हर्षित रहला । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । आयबल बढ्ने छ । मिठो भोजन प्राप्त हुनेछ ।

बृश्चिक

कर्मबल बढ्ने छ । शुभता बढेर रोकिएको काम बन्ने समय छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ भने वैदेशिक क्षेत्रबाट लाभ लिने अवसर जुर्ला । चाहेका कामहरू सजिलै बन्ने योग छ । ब्यापारबाट सामान्य नाफा होला । रमणीय र सुखद यात्राको सम्भावना छ । मन शान्त रहला ।

धनु

बन्न लागेको काम बिग्रन गइ मनमा चिन्ता बढ्नसक्ने समय छ । घरेलु समस्याले सताउला । मित्र बनेर धोका दिनेहरु देखापर्लान् । अर्थको पनि हानी हुने योग छ । स्वास्थ्य केही कमजोर रहला । धनमाल हराउनाले मनमा पिडा थपिनसक्छ, सजक रहनुहोला । अरूको भर पर्दा काममा धोका हुन सक्छ ।

मकर

सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि नसोचेको धनलाभ हुनसक्ने योग छ । काममा चुनौती सहनुपर्ला । रुपैयापैसाको लेनदेन आज नगर्नु उचित हुनेछ । आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिने छ । विशेया कार्यमा जोखिम र संघर्ष बढ्ला, धैर्यताका साथ लागिपर्नु हितकर होला ।

कुम्भ

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव होला । पठनपाठनमा मन जानेछ । घरायसी कामले पनि आनन्द देला । आर्थिक पक्ष आज सन्तोषजनक हुने तथा सोचेअनुरुप कमाइ हुने देखिन्छ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला ।

मीन

दिन शुभदायी छ । काममा जोश(जाँगर बढ्ने देखिन्छ, नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । आर्थिक लाभको योग छ । कुनै नयाँ कामको थालनी गर्न पनि आजको दिन उपयुक्त छ । व्यापारमा पाउने सफलता यथावत रहने छ । मन मिलेका साथीसंगीसँग भेटघाट हुनसक्छ । साहस बढ्ने छ ।

सम्बन्धित समाचार